शुक्रबार, १४ वैशाख २०८१

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

समयपोष्ट २०७५ साउन ८ गते ७:३३

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ।

Advertisement

कार्यकारी परिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै विद्यार्थी र प्रध्यापक आन्दोलित भएका छन् । आन्दोलनलाई हल गर्न भन्दै विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेको संयोजकत्वमा विश्वविद्यालयकै चार उच्च पदाधिकारी रहेको समिति गठन गर्नुभएको हो ।

समितिका सदस्यमा अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा नवराज देवकोटा, पोष्टग्य्राजुएट कार्यक्रम संयोजक प्रा डा भूमिनन्द देवकोटा, कृषि सङ्काय(शिक्षण) सहायक डीन प्रा डा कल्याणी मिश्र र विश्वविद्यालयका योजना निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठ रहनुभएको छ ।

गत असार २० गते निजी सम्बन्धनको निर्णय भएपछि असार २६ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन भइरहेको छ । विश्वविद्यालयले आन्दोलनरत विद्यार्थी र प्रध्यापकसँग विस्तृत छलफल एवं संवाद गरी आन्दोलरत पक्षको मागलाई ध्यानमा राखी विश्वविद्यालयको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन र शैक्षिक तथा प्राज्ञिक वातावरणलाई सुदृढ गरी दीर्घकालीन निकासका लागि आवश्यक राय सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।

समितिले आन्दोलनरत सबैसँग छलफल तथा वार्ता गरी स्थायी समाधानका लागि उपयुक्त रायसुझावसहितको प्रतिवेदन पेश गर्ने उपकुलपति प्रा डा ढकालले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री