शनिबार, ८ वैशाख २०८१

सप्तरी घटनाको छानवीनका लागि समिति

समयपोष्ट २०७५ साउन ७ गते ८:५५

प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाबारे छुट्टै छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णयअनुसार समितिका सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल हुनुहुन्छ । समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन दिनेछ ।

मलेठमा २०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो  भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग गठन गरेको थियो । आयोगले २०७४ जेठ २९ गते नै राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । मानवअधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन खारेजीको माग गर्दै जनकपुरमा विरोध हुँदै आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री