बिहीबार, १३ वैशाख २०८१

बंगलादेश युवती प्रकरण: दुर्गा प्रसाँईले यसो भन्दै मागे माफी

समयपोष्ट २०७५ साउन ७ गते ६:४९

बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले आफूले दिएको अभिब्यक्ति तोडमोड गरेर सामाजिक सञ्जालमा भाईरल बनाइएको बताएका छन् ।

Advertisement

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यिक्तिको मूल मर्मनै तोडमोड गरेको बताए ।

उनले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई तोडमोड गरेर विवाद तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमौ अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो हुँने र उनीहरुले विभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अनत्य हुने रहेको बताए ।

उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिब्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा मागे ।

चिकित्सा बिधेकका बारे उनले संबिधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले आफुले यो बिषयमा बोल्न उपयुक्त नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री