मंगलबार, ११ वैशाख २०८१

कानुनमन्त्री तामाङ र प्रसाईको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

समयपोष्ट २०७५ साउन ६ गते ११:२६

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले पनि आपत्ति जनाएका छन् ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

श्रेष्ठले सामाजिक संजालमा टुइटरमा यसबारे आफ्नो धारणा राख्दै तामाङको टिप्पणी दुखद रहेको उल्लेख गरेका छन् । तामाङको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

उनले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने ठोकुवा गरेका थिए ।

काठमाडौंमा एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री तामाङले भनेका थिए, “आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।” तामाङको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री