शनिबार, ८ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्स २३ औंवर्षमा प्रवेश, बीमाशुल्क ३० प्रतिशतले वृद्धि

समयपोष्ट २०७५ साउन ३ गते २:५४

गरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष (आव) २०७४/७५ मा १ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ । आव २०७३/७४ को तुलनामा उक्त बीमाशुल्क ३० प्रतिशतले बढीको भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

कम्पनीले गत आवमा १ अर्ब १८ करोड रुपैयाँ दावी भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले जानकारी दिए ।

‘सानो होस् वा ठूलो, सुरक्षण सबैको’ नाराका साथ सञ्चालित कम्पनी बुधवार स्थापनाको २३ औंवर्षमा प्रवेश गरेको छ । हाल कम्पनीले ५७ शाखामार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री