आज मण्डलामा नेविसंघ र नयाँ शक्तिले प्रदर्शन गर्ने, यस्ता छन् यी दुईका माग

काठमाडौँको माइतीघर मण्डलामा आज एकै समयमा छुट्टाछुट्टै दुईवटा समुहले प्रदर्शन गर्ने भएका छन् । मंगलबार नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रदर्शन गर्ने भएका हुन् ।

दिउँसो १२ः३० बजे काङ्ग्रेसको भातृ संगठन नेविसंघले १८ दिन देखि जुम्लामा अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा र केसीले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन मण्डलामा प्रर्दशन गर्न लागेको जनाएको छ ।

Advertisement

त्यस्तै १ बजे नयाँ शक्ति पार्टी नेपालले लोकतन्त्र, जनजीविका, विकास रणनीतिलगायतका विषयमा विभिन्न मागहरू राखेर प्रर्दशन गर्न लागेको जनाएको छ ।

सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएपनि सर्वोच्च अदालतले सरकारको उक्त निर्णय कार्यन्वयन नगर्न सोमबार मात्रै सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री