डिस मिडियाले किन्यो सीम टिभी, आक्रामक बजार विस्तारको तयारी
समयपोष्ट
२०७५ असार ३२ गते ११:२४
डिस मिडिया नेटवर्कले सीम टिभी किनेको छ।शुक्रबार डिश र सिम्पल मिडिया नेटवर्कको संचालक समितिको संयुक्त बैठकले सीम टिभी किन्ने खरीद सम्झौंता गरेको छ।
सीमको व्यवस्थापन डिस मिडियाले लिइसकेको छ। डिस मिडिया नेपालको पे टिभी इन्ड्रस्टीमा काम गरिरहेको सबैभन्दा ठूलो कम्पनी हो।यो कम्पनी गत वर्षको असार १८बाट पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ।
कम्पनीले निकट भविष्यमा सर्वसाधरणमा समेत शेयर निष्काशन गर्ने तयारीमा रहेको जनाएको छ।सीम टिभी नेपालका मल्टी सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको संस्था हो।
सीम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिसले कम्पनी खरीद गरेपछि ग्राहकले गुणस्तरीय अनुभव गर्ने दाबी गरे । नयाँ प्रविधिको प्रयोग,आक्रामक बजार विस्तार,पूर्ण डिजिटलाइजेशन र चुस्त व्यवस्थापनमा अघि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया