बिहीबार, १३ वैशाख २०८१

आफ्नै पार्टी अध्यक्ष प्रचण्डले गरेको नियुक्ति खारेज गर्दै प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ असार २९ गते १३:०७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा गरेको नियुक्ति खारेज गर्न लागेक छन् ।

Advertisement

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएका नियुक्ति ठाडो आदेशबाट खारेज गरेका ओलीले प्रचण्डले गरेका नियुक्ति भने घुमाउरो बाटोबाट खारेज गर्न लागेका हुन ।

ओली सरकारले बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागार्इँको पद खारेज हुने गरी बीमा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विहीबार संघीय संसद सचिवालयमा प्रस्तुत गरेको विधेयकमा बीमा समिति नेपाल बीमा प्राधिकरणमा परिणत हुनेछ ।

मस्यौंदामा कर्मचारीवाहेक प्राधिकरणको सञ्चालक समितिको गठन नयाँ ऐन बमोजिम हुने उल्लेख छ। यो व्यवस्थाले वर्तमान अध्यक्ष र सञ्चालक समितिहरु स्वत खारेज हुनेछन्।

यसअघि तयार गरिएको मस्यौंदामा वर्तमान सञ्चालक समितिले निरन्तरता पाउने उल्लेख थियो। खतिवडा अर्थमन्त्री भएपछि उनले वर्तमान अध्यक्ष र सञ्चालक समिति नै खारेज गरेर नयाँ ढुङ्गबाट नियुक्त गर्ने बुँदा थप गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री