कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद सात दिन थप
समयपोष्ट
२०८२ साउन ९ गते १५:२३
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा भएको छेडखानीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको म्याद थपसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गरेको हो।
असार २३ गते बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीको अध्ययन र छानबिनका लागि संसदीय छानबिन समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना सदस्य रहेका छन्।
प्रतिक्रिया