राज्यका निकायसँग वृद्धाश्रमको लगत नै छैनः बस्ती

नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको अन्तक्र्रियाका सहभागीले केन्द्रलाई थप व्यवस्थित गर्न सामूहिक प्रयासको आवश्यकता भए पनि सरकारले यसका लागि ठोस संरचना निर्माण गर्नुपर्ने सुझाव दिए ।

Advertisement

बाँके, बर्दिया, दाङ र नवलपरासीका वृद्धाश्रम सञ्चालक, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले नेपालमा अहिले ५३ वृद्धाश्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यका निकायसँग सबै वृद्धाश्रमको लगत नै छैन, आयोगले अहिले आप्mनै पहलमा वृद्धाश्रमका विभिन्न पक्षको सर्वेक्षण गरिरहेको छ ।”

त्यस अवसरमा प्रदेश नं ५ का सदस्य इन्द्रप्रसाद खरेल, आयोगका सचिव वेदप्रकाश भट्टराई, क्षेत्रीय निर्देशक मुरारी खरेल, प्रहरी उपरीक्षक टेकप्रसाद तामाङ, अधिकारकर्मी भोला महतलगायतले जेष्ठ नागरिकको व्यवस्थित जीवनयापनका सम्बन्धमा राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री