सोमबार, ५ साउन २०८२

३२ अंकले बढ्यो नेप्से

समयपोष्ट २०८१ साउन १० गते १५:२४

नेप्से परिसूचक ३२.०२ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ७.११ अंक बढेको छ। फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक बढेको छ।

आज ३२० स्टकको १ लाख ५९ हजार ७५७ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँबराबरको ३ करोड ५५ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशत बढेको छ। त्यसतै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, आरएसडिसी लघुवित्त, नाडेप लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको साढे २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको करिब २४ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री