शुक्रबार, २ साउन २०८२

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्डमा अभिकर्ता सम्मानित

समयपोष्ट २०८१ असार २५ गते १७:२३

नेशनल लाइफ इन्स्योरेन्सले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट भएका अभिकर्ताहरुलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा नेपालगञ्जमा आयोजित कार्यक्रमा उनीहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा कम्पनीका प्रवन्धक विवेक शर्माले यो समय लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा टिम लिडर रअभिकर्ताहरुले विशेष चनाखो भएर आफ्नो र माताहतका अभिकर्ताहरुको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।

यसैगरी, सीईओ खत्रीले नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाले विजेता बन्न सफल अभिकर्ताहरुलाई सम्मान गर्दै बीमा बजारमा कम्पनीले बीमितहरुलाई सबैभन्दा बढि बोनस प्रदान गर्दै आएको स्मरण गराएका थिए । कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल राखेकोमा पनि उनले सबै अभिकर्ता समूहलाई धन्यवाद दिएका थिए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।

यसैगरी,उनले यसभन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने बताए ।

ती कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, प्रवन्धक विवेक शर्मा, विभागीय प्रमुख सुष्मिता राणा, कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल,सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी तथा लुम्विनी र कर्णाली प्रदेशका शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री