शनिबार, ८ कार्तिक २०८२

“दाबी भुक्तानी मार्गदर्शन, २०८१” जारी : शाखाबाटै दाबी भुक्तानी, दुई लाखसम्मको १५ दिनभित्रै गर्नुपर्ने

समयपोष्ट २०८१ असार १७ गते ११:३६

Advertisement

नेपाल बीमा प्राधिकरणले “दाबी भुक्तानी मार्गदर्शन, २०८१” जारी गरेको छ ।

प्राधिकरणले आइतबार जारी गरेको “दाबी भुक्तानी मार्गदर्शन, २०८१” अनुसार बिमा कम्पनीका प्रादेशिक, शाखा र उपशाखा कार्यालयबाट तोकिएको सीमासम्म दाबी भुक्तानी पाइने छ ।

मार्गदर्शनमा भनिएको छ,‘कम्पनीले दाबी भुक्तानीसम्बन्धी अधिकार आवश्यकताअनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयलाई प्रत्यायोजन गर्नुपर्नेछ’। कति रकमसम्मको दाबी भुक्तानी प्रादेशिक, शाखा र उपशाखा कार्यालयबाट गराउने भने उल्लेख गरिएको छैन ।

मार्गदर्शन अनुसार बीमकले जीवन र निर्जीवन तर्फको २ लाख रुपैयाँसम्मको दाबी भुक्तानीलाई सानो दाबी मान्नु पर्नेछ । र, सो रकमसम्मको दाबी भुक्तानी कम्पनीले दाबीको विवरण पत्र पाएको १५ दिनभित्र गर्नुपर्ने छ ।

Advertisement

तर, कृषि, पशुपंक्षी तथा जरिबुटि बीमातर्फको भने ५० हजार रुपैयाँसम्मको दाबीलाई साने दाबी मान्नुपर्ने उल्लेख छ । अर्थात यस क्षेत्रको ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानी १५ दिनभित्र गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

बीमकले दाबी भुक्तानी कार्यविधि जारी गर्नुपर्ने छ । र, सो कार्यविधिमा साना दाबी रकम भुक्तानी सम्बन्धी व्यवस्था गर्नुपर्ने छ ।

Open Book

प्रतिक्रिया

सम्बन्धित सामाग्री