आइतबार, २९ असार २०८२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३”बाट सम्मानित

समयपोष्ट २०८० साउन १० गते ७:५३

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३” बाट सम्मानित भएको छ।

युरोमनीले बैंकलाई बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि “यूरोमनी अवार्ड फर एक्सिलेन्स् २०२३” बाट सम्मानित गरेको हो।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो। यस अघि पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यूरोमनी बाट “बेस्ट बैङ्क अफ नेपाल” २०१८ र २०२१ प्राप्त गरेको थियो।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री