बुधबार, २६ वैशाख २०८१

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बेष्डरमा जितु नेपाल

समयपोष्ट २०८० असार २८ गते २०:११

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्राण्ड एम्बेष्डरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।

कम्पनीले बुधबार १७ औ बर्षमा प्रबेश गरेको अवसरमा नेपाललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेकोहो ।

जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

Advertisement

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री