सोमबार, १७ वैशाख २०८१

मन्दाकीनी हाइड्रोले ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७९ साउन १ गते ११:२८

Advertisement

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा लगानीकर्ताले साउन १३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री