आइतबार, १६ वैशाख २०८१

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

समयपोष्ट २०७९ साउन १ गते ११:१०

Advertisement

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको प्रिमियममा आईपिओ निष्काशन गर्न हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएका छन् ।

पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग घोराही सिमेन्ट इण्डष्ट्रीले ७९ लाख ४३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सम्झौतापत्रमा हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक आदित्य संघाईज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ.। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री