शनिबार, २९ वैशाख २०८१

नमूना विद्यालयमै छैन खेलमैदान

समयपोष्ट २०७९ असार २८ गते १२:३९

Advertisement

कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ ।

‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या हुन थालेको छ । सडकको नक्सा भएको क्षेत्र कुनै व्यक्तिको कब्जामा रहेको र नक्साअनुसार सडक निर्माण गर्दा आफ्नो राजनीति बिग्रने डरले स्थानीय जनप्रतिनिधिले त्यो जोखिम लिन नचाहेको बताइएको छ ।

विद्यालयको आँगनबाटै सडक निर्माण भएपछि सवारीसाधनको आवाजले पठनपाठनमा समस्या हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढेको छ । विद्यालयसँग करोडौँका संरचना निर्माण भएका छन् तर, घेरापर्खाल छैन । विद्यालयका कागजात तथा अन्य सामग्री पनि निकै असुरक्षित छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयसँग १५ कठ्ठा जग्गा थियो । त्यसबाट केही जग्गा सडकमा विलय भइसकेको छ भने १५ कठ्ठा जग्गामा सबै ऐलानी छ ।

“हामीसँग ५३२ विद्यार्थी छन् । तिनलाई बिहानको समयमा प्रार्थना गराउन, खेलकुद सिकाउनका लागि मैदान नै छैन । भन्न नमूना विद्यालय भनिएको छ तर काम नमूना गर्न सकिएको छैन”, विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाहीले भन्नुभयो, “आज सडकको समस्याका कारण प्रदेशबाट विनियोजन भएको रकम फिर्ता गयो । विद्यालय नमूना छ, संरचना र विद्यार्थी निकै असुरक्षित छन् ।”

Advertisement

उहाँका अनुसार अझै पनि विद्यालयको नाममा जग्गा छैन । ऐलानी जग्गा भएकै कारण पनि स्थानीयवासीले विद्यालयको जग्गा अतिक्रमण गर्दै यहाँ पुगेको प्रअ शाही बताउनुहुन्छ । अहिलेसम्म विद्यालयमा पाँच व्यवस्थापन समितिका अध्यक्ष फेरिए भने तीन प्रधानाध्यापक ।

भजनी नगरपालिकाका मेयर केवल चौधरीले १० वर्ष सोही विद्यालयको प्रधानाध्यापक भएर सेवा गर्नुभएको थियो । आफ्नो कार्यकालमा उहाँले पनि अतिक्रमणमा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन सक्नुभएन । “वर्तमान नगरप्रमुखले पहिले निकै प्रयास गर्नुभएको थियो । उहाँको कुरालाई सुनिदिने कोही भएन ।” प्रधानाध्यापक शाहीले भन्नुभयो, “निवर्तमान नगरप्रमुखले पनि सडकको समस्या समाधान गर्ने बोल्नुभयो, गर्नु भएन । सबैले बोले काम कसैले गरेनन् । समस्या विद्यालय प्रशासन र विद्यार्थीलाई भएको छ ।”

नगरप्रमुख चौधरीले विद्यालयका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले विद्यालय सार्नेसम्मको प्रयास आफूले गरेको सुनाउनुभयो । “ राम्रो काम गर्नेको पछाडि कसैको साथ नहुनेरहेछ । अगाडि सहमति जनाउने पछाडि गएर विरोध गर्नेहरूका कारण समाज परिवर्तनको बाधक बनेको छ ।” नगरप्रमुख चौधरीले भन्नुभयो, “अझै पनि विद्यालयको व्यवस्थापनका लागि र सडकको समस्या समाधानका लागि प्रयास हुन्छ । अहिले सडककै कारण विद्यार्थीलाई निकै समस्या हुने गरेको छ ।”

नमूना विद्यालयका लागि नगरपालिकाले पहिलो वर्ष रु सात लाख बजेट विनियोजन ग¥यो । त्यसपछि रु चार लाखमा झरेको नगरपालिका त्यसपछिको वर्ष रु दुई लाखमा झ¥यो । चालु आव त नमूना विद्यालयले नगरपालिकाबाट बजेट नै पाउन सकेन । आउँदो आवका लागि पनि नमूना विद्यालयलाई बजेट छैन । “नमूना विद्यालय घोषणा ग¥यो । नमूना विद्यालयका लागि चाहिने आधारभूत आवश्यकता अझै पूरा हुनसकेका छैनन् । एक–दुई लाखले नमूना विद्यालय बनाउन सकिँदैन । त्यसका लागि शैक्षिक सुधारका लागि पर्याप्त बजेटको व्यवस्थापन हुन सक्नुपथ्र्याे ।” प्रधानाध्यापक शाहीले भन्नुभयो, “नामले मात्रै नमूना भएर हुँदैन, आधारभूत कुरा पूरा गर्न सकेपछि र शैक्षिक गुणस्तरलाई माथि उठाउन सकेपछि मात्रै नमूना मान्न सकिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री