शनिबार, ५ जेठ २०८१

अरुण तेस्रो जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण सुरु

समयपोष्ट २०७९ असार २३ गते ११:०८

Advertisement

अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सुचना जारी गर्दै धनुषाको साविकको ढल्केबर २ (क), तल्लो गोदार ५ (क), तल्लो गोदार ७ (ख), तल्लो गोदार ४ (क) गाविसमा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको जानकारी दिएको छ ।

२२ जना व्यक्तिको नाममा रहेको निजी जग्गा अधिग्रहण गर्न लागिएको हो।

प्रसारणलाइनको टावरहरु निर्माणका लागि जग्गा तथा जग्गामा रहेको घर, गोठ, टहरा तथा रुख विरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्न लागिएको बताईएको छ । बाटोको म्याद बाहेक १५ दिनभित्र आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भएको त्यसको कारण खोली आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी गर्न सुचनामा भनिएको छ ।

Advertisement

‘अधिग्रहणका लागि सुचना जारी भएकाले जग्गाहरु रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न/नगराउनु हुन जानकारी गराइन्छ’, सुचनामा भनिएको छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम कारबाही हुने उल्लेख छ।

अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राली को ४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गतको निर्माणाधिन डिडिंग- ढल्केबर – बथनाह ४०० केभी प्रसारणलाइनको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री