शुक्रबार, २१ वैशाख २०८१

चौथो वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले गर्यो विभिन्न कार्यक्रम

समयपोष्ट २०७९ असार २१ गते २०:१५

Advertisement

अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् ।

सोही अवसरमा संस्थाले हिमालयन बृद्धा आश्रममा आश्रित ४३ जना बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचीकृत रहेका छन् ।

कम्पनीले आ.व. २०७८।०७९ को असार २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको छ । साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु.७१ करोड ५८ लाख भुक्तानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री