शुक्रबार, ४ जेठ २०८१

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई युरोपा फिटनेस सेन्टरमा २५% छुट

समयपोष्ट २०७९ असार १७ गते २०:५८

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहक महानुभावहरुले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री