शुक्रबार, २१ वैशाख २०८१

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आठ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ असार १७ गते १३:३९

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आठ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement

जेठ महिनामा बीमा शुल्क आर्जन अघिल्लो महिनाको भन्दा ८ प्रतिशते वृद्धि भएको बीमा समितिद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ ।

विवरणअनुसा र१९ कम्पनीले आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ खर्ब १९ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको १० महिनामा कम्पनीहरुको कूल बीमा शुल्क असुली १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ थियो। गत जेठमा बीमा शुल्क आर्जन अघिल्लो महिनाको भन्दा ८ प्रतिशते वृद्धि भएको हो।

समितिको तथ्याङक अनुसार नेपाल लाइफ इन्स्योरन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले ११ महिनामा ३० अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

Advertisement

सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफको छ। कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले नवीकरण शुल्कमार्फत ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ उठाएका छन्। बीमा शुल्क ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँको संकलन गरेका छन्।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न बीमालेखहरुबाट ९ अर्ब रुपैयाँ संकलन गरेका छन्। यसमा सबैभन्दा धेरै बढी बीमा शुल्क सावधिक जीवन बीमामार्फत संकलन भएको छ। जसमा ३ अर्ब ४२ करोड १४ लाख रुपैयाँ उठेको छ।

त्यस्तै जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको जेठ महिनासम्म सक्रिय रहेको कुल बीमालेखको संख्या १ करोड २६ लाख ३२ हजार पुगेको छ। वाग्मतीमा ८३ लाख ८ हजार र गण्डकीमा १० लाख ४२ हजार छ भने प्रदेश नम्बर १ मा ११ लाख ४० हजार बीमालेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री