आइतबार, २ कार्तिक २०८२

राज कुन्द्रा प्रकरणमा अभिनेत्री सोमी अलि भन्छिन्- सेक्स सम्बन्धी फिल्म बनाउन आवश्यक छ

समयपोष्ट २०७८ साउन १४ गते ११:४७

Advertisement

अभिनेत्री सोमी अलीले बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको प्रकरणमा आफ्नो विचार व्यक्त गरेकी छन् ।

एक समाचार च्यानललाई अन्तरवार्ता दिँदै सोमीले भनिन्,’जब हामी पोर्न वा सेक्सको विषयमा कुराकानी गर्छौं मानिसहरु यसको विषयमा विशेष चासो दिने गर्छन् । पोर्नलाई आफ्नो व्यवसायको रुपमा चुन्ने कसैलाई पनि म जज गर्दिन । विशेषगरी, कसैलाई जबरजस्ती गरिदैँन भने यसलाई मुल्यांकन गर्न पनि उचित हुँदैन ।’

सोमीले कुनै पनि व्यक्तिलाई आफ्नो व्यवसाय चुन्ने निजी अधिकार हुने भएकाले कसैले उनीहरुको बारेमा बोल्ने अधिकार नभएको बताइन् ।

उनले यौन शिक्षा दिनुपर्ने समय आएको भन्दै वेभ सिरीजमा देखाउने इन्टिमेट सीन र बोल्ड सिनको विषयमा पनि आफ्नो राय व्यक्त गरिन् । उनले आर्टलाई वास्तविक देखाउन आवश्वक भएकाले विभिन्न प्रकारका सिनहरु देखाउन आवश्यक भएको बताइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री