मंगलबार, ११ वैशाख २०८१

थप २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि, १८ को मृत्यु

समयपोष्ट २०७८ साउन १० गते १७:२७

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री