शुक्रबार, १६ चैत २०८०

सुजिता भण्डारी मृत्यु प्रकरण : आफन्तविरुद्ध मुद्दा दर्ता

समयपोष्ट २०७८ साउन ८ गते १३:११

Advertisement

चितवनको राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । मृतककी आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिईन् ।

बेपत्ता भएको १० दिनपछि असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री