शुक्रबार, १४ वैशाख २०८१

धरानमा डिशहोम फाइबरनेट सेवा विस्तार

समयपोष्ट २०७८ साउन ५ गते १४:४४

Advertisement

डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार भएको छ ।

कम्पनीले छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि फाइबरनेट सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । कम्पनीका अनुसार डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO APP र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० mbps देखि १०० mbps सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री