शुक्रबार, १६ चैत २०८०

विवाह नगरी बच्चा जन्माउँछु : अभिनेत्री सापकोटा

समयपोष्ट २०७८ साउन ५ गते १३:१२

Advertisement

अभिनेत्री नम्रता सापकोटाले आफु विवाह नगरी आमा बन्न चाहेको बताएकी छिन् ।

एक टेलिभिजन अन्र्तवार्ताका क्रममा अभिनेत्री सापकोटाले विवाहभन्दा पनि बच्चा जन्माउन धेरै मन लागेको बताईन् । उनले भनिन्, ‘भोली समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभएपनि म बच्चा चाहिँ अवश्य जन्माउँछु ।’

आमाको नामबाट छोराछोरीले नागरिकता पाउने ब्यवस्था कानुनमै भएको भन्दै नम्रताले भनिन्, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’ ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री