रहिनन् ‘बालिका वधु’ की ‘दादी सा’
समयपोष्ट
२०७८ साउन १ गते १२:०१
भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ मृत्यु भएको छ ।
कार्डियक अरेस्टका कारण चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो । उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो ।
प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् । लकडाउनको समयमा फेरि उनलाई स्ट्रोक आएको हो । उनलाई केही समयदेखि आइसियुमा राखिएको थियो । उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् । युपीमा जन्मिएकी उनले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
प्रतिक्रिया