..त्यसपछि दिलिप कुमारले कहिले राखेनन् सन्तानको चाह
बलिउडका भेट्रान कलाकार दिलिप कुमारको गत बुधबार ९८ वर्षको उमेरमा निधन भयो ।
दिलिप कुमारलाई प्रोस्टेट क्यान्सर भएको थियो । शरीरका अङ्गहरुमा फैलिएर किड्नी नै फेल बनायो । जसका कारण उनको निधन भयो ।
उनको सन्तान छैनन् । आकर्षक व्यक्तित्वका दिलिप कुमारको सन्तान नभएकोबारे हिन्दी सिनेमा क्षेत्रमा निकै हल्ला चल्थ्यो । धेरैले जिज्ञासा पनि राखे । आफ्नो आत्मकथामा दिलिप कुमारले सन्तान नहुनुको कारण खुलाएका छन् ।
दिलिप कुमारः द सब्स्ट्यान्स एन्ड द स्याडो पुस्तकमा उनले सन्तानबारे खुलाएका छन् । दिलिप कुमारले सन् १९६६ मा सायरा बानुसँग विवाह गरेका थिए । विवाह गर्दा दिलिप कुमार ४४ वर्षका थिए भने बानु २२ वर्षकी थिइन् ।
सन् १९७२ मा ५० वर्षीय दिलिप कुमार र २८ वर्षीया सायरा बानुबाट सन्तान हुँदै थियो । बानु ८ महिनाकी गर्भवती थिइन् । पुस्तकमा उल्लेख भए अनुसार बच्चा जन्मने समय पुग्नै लाग्दा बानुमा शारीरिक समस्या देखियो । उच्च रक्तचापले गर्भवती सयरा बानुको ज्यान नै जोखिममा पर्यो । निकै समस्या भएपछि बच्चाको मृत्यु भयो । त्यसपछि उनीहरुले सन्तानको प्रयास कहिले गरेनन् । अल्लाको चाहना नै यही रहेछ भनेर चित्त बुझाए ।
प्रतिक्रिया