जन्मदिनमा रक्षाको सरप्राइज माहिरा !
समयपोष्ट
२०७८ असार २३ गते १३:३९
अभिनेत्री रक्षा श्रेष्ठको आज जन्मदिन । जन्मदिनको अवसरमा रक्षाले दर्शकहरुलाई सरप्राईज दिएकी छिन् । उनले आफ्नी दुई महिनाकी काखे छोरीको तस्विर सार्वजनिक गरेर दर्शकलाई अचम्मित पारिदिएकी हुन् । लामो समय देखा नपरेकी उनले छोरी माहिरा गुरुङसंगको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । तस्विर सार्वजनिक भएलगत्तै उनलाई बधाई दिनेको आइरो लागेको छ ।
प्रतिक्रिया