मंगलबार, २४ असार २०८२

रहेनन् दिलिप कुमार

समयपोष्ट २०७८ असार २३ गते १३:१२

Advertisement

बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

Advertisement

हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री