बिहीबार, २० वैशाख २०८१

हनिमुन जाँदा पतिलाई संक्रमण भएपछि पत्नीले गरिन् यस्तो हर्कत

समयपोष्ट २०७८ असार २१ गते २१:०८

Advertisement

विवाह पछि हनिमुनसँगै गएका जोडी मध्ये श्रीमतीले घर फर्किए लगत्तै सम्बन्ध विच्छेद गरेकी छिन् । ती जोडी भारतको बैंगलोरका हुन् । विवाहपछि जोडी हनिमुन गएका थिए । हनिमुनबाट फर्किए लगत्तै पतिलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

आफ्नो पतिलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि पत्नी रिसाइन् र रिसको झोकमा माइती गइन् ।

हनिमुनबाट फर्किए लगत्तै पति संक्रमित भएपछि दुवैजनालाई आइसोलेसनमा बस्न पठाएको थियो । तर, ती महिला आइसोलेसनबाट भागेर प्लेन चढेर दिल्ली पुगिन् र दिल्लीबाट ट्रेन चढेर माइती पुगेकी हुन् ।

यो हल्ला बेंगलौर देखि आगरासम्म पुगेपछि उनलाई प्रशासनले सोधपुछ गर्दा पतिसँग बस्न नचाहेको बताएकी थिइन् । प्रशासनले प्रहरीलाई जिम्मा लगाएको छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री