बिहीबार, २० वैशाख २०८१

श्रीमान् श्रीमतीबीच हुने झगडालाई टाढा राख्न राख्नुहोस् यस्ता तस्विर

समयपोष्ट २०७८ असार २१ गते १९:३७

Advertisement

राधा कृष्णको विवाह भएको थिएन तर उनीहरुबीच यति साँचो प्रेम थियो कि आजको समयमा पनि उदाहरण मानिन्छ । वास्तुका अनुसार यदि राधा र कृष्णको तस्बिर बेडरुममा राख्ने हो भने यसले श्रीमान्–श्रीमतीबीच कम झगडा हुन्छ र उनीहरुको सम्बन्ध दिन प्रतिदिन राम्रो हुँदै जान्छ ।

तर तस्बिर राख्ने बेला त्यसमा राधा र कृष्णको मात्रै तस्बिर हुनुपर्छ र एक अर्कालाई प्रेमपूर्वक हेरिरहेको हुनुपर्छ । कृष्णसँग अन्य गोपिनी भने हुनुहुँदैन ।

रातो रङको फ्रेममा राधा–कृष्णको तस्बिर निकै राम्रो मानिन्छ । साथै, यो यस्तो स्थानमा लगाउनुपर्छ जहाँ सिधा नजर परोस् । यदि सुतेर उठेपछि तपाईंको पहिलो नजर राधा–कृष्णको तस्बिर पर्छ भने, यो थप शुभ मानिन्छ । जुन भित्तामा राधा–कृष्णको तस्बिर राखिएको छ, त्यसको अगाडिको भित्तामा तपाईंले आफ्नो र श्रीमतीको विवाहको तस्बिर राख्नुहोस् । यसो गर्दा पनि सम्बन्ध राम्रो हुन्छ ।

वास्तु शास्त्रका अनुसार बेडरुममा कहिले पनि भड्किलो रङको पेन्ट गर्नु हुँदैन । आनन्द दिने खालको रङ लगाउनुपर्छ । बेडरुममा हुने राम्रो र नराम्रो ऊर्जाले पनि श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रभाव पार्छ ।

Advertisement

बेडरुममा कहिले पनि तिखो वा काँटादार वस्तु नराख्नुहोस् । हल्का बास्नाका लागि परफ्युम प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री