निर्माता एवं निर्देशक शिशिर राणा पक्राउ
समयपोष्ट
२०७८ असार २१ गते १९:१६
फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजारबाट बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।
ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई यसअघि १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएको बताईएको छ । उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई रकम नभएको भन्ने जानी जानी झुक्याकनमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोप उनीमाथि छ ।
प्रतिक्रिया