भिन्न लुक्समा रणविर : कति पर्छ उनले लगाएको ट्र्याक सूट र क्यापको मुल्य ?
बलिउड अभिनेता रणवीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् । जसका उनी गुची ब्राण्डको ट्रयाक सुटमा देखिएका छन् । ह्याट,ब्याग र घाँटीमा हार समेत लगाएको उनको तस्विरले अहिले निकै नै चर्चा बटुलेको छ । रणवीर सिंहको यो स्टाइल उनका थुप्रै प्रशंसकलाई मन परिरहेको छ । यद्यपि, उनी सोसल मिडियामा ट्रोल पनि भएका छन् । यसबाहेक उनीमाथि निकै रोचक मीम्स पनि बनेका छन् ।
रणविरको गेटअपले जति चर्चा पाईरहेको छ उनले लगाएको कपडाको मुल्य थाहा पाउँदा जो कोही पनि चकित पर्छन् । गुचीको वेबसाइटका अनुसार रणवीर सिंहको जगिङ पाइन्टको मूल्य १,९८० डलर अर्थात्, २ लाख ३६ हजार रुपैयाँ हो । यस्तै उनको साइनी जर्सी स्वेटशर्टको मूल्य १६५० डलर अर्थात् १ लाख ९६ हजार रुपैयाँ हो । यो दुईवटा गरी यो ट्र्याक सुटको कूल मूल्य ४ लाख रुपैयाँ बढी हो ।
ट्र्याक सुटबाहेक रणबीर सिंहले फेडोरा क्याप लगाएको देखिएका थिए । यो क्यापको मूल्यको कुरा गर्ने हो भने यो ५३० डलरको हो । नेपालीहरुले यो क्याप किन्न चाहेको खण्डमा यो ६३ हजार बढी पर्छ ।
प्रतिक्रिया