शनिबार, १५ वैशाख २०८१

डिशहोमद्धारा सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण

समयपोष्ट २०७७ साउन १६ गते १९:४७

Advertisement

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैया रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरो बाट अति प्रभावित जम्बु सम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरुलाई उपलब्ध गराईएको छ ।

सामाजिक उत्तरदायित्व लाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । एसईई तयारी कक्षा देखि लकडाउनको समयमा बिद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ ।

नेपालको एक मात्र डि टि एच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य संगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री