शनिबार, ८ वैशाख २०८१

कोभिड-१९ परिक्षण गर्ने भन्दै युवतीको गोप्य अंग सुमसुमाएपछि……

समयपोष्ट २०७७ साउन १६ गते १२:५०

Advertisement

भारतको महाराष्ट्रको अमरावतीमा एउटा घटना घटेको छ।

भारतीय समाचार संस्थाका अनुसार एक युवतीको कोरोना टेष्ट गर्ने भन्दै गोप्य अंगको परिक्षण गरिएको छ । यो घटना अमरावतीको कोविड ट्रमा सेन्टर ल्याबको हो । पिडित युवती एक स्टोरमा काम गर्थिन । उनी एक कोविड संक्रमितको सम्पर्कमा आएकी थिइन, त्यसपछि स्टोरका सबै कर्मचारीहरूलाई सावधानीका साथ २८ जुलाईमा सरकारी प्रयोगशालामा कोरोना टेस्ट दिइयो । थ्रोब स्वाब गरेपछि, प्रयोगशाला प्राविधिकले युवतीलाई रिपोर्ट पोजेटिभ आएको बताए । त्यसपछि उनको पिसाव परिक्षण गर्नुपर्ने बताईयो ।

उनको परिक्षण गर्ने वहानामा यि ल्याव टेक्निसियनले युवतीको गोप्य अंगको परिक्षण गरे । युवतीले यस वारेमा आफ्नो भाइलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । भाइलाई शंका लागेर चिकित्सकसंग यस वारेमा कुरा गरेपछि उनले बदमासी गरेको खुलेको हो । कोरोना परिक्षणका लागि गोप्य अंगको परिक्षण गर्न नपर्ने भन्दै चिकित्सकले भनेपछि युवतीले प्रहरीमा उजुरी दिईन् ।

युवतीले पुलिसमा उजुरी गरेपछि ति टेक्निसियन पक्राउ परेका छन् । प्रयोगशाला प्राविधिकको नाम अल्पेश अशोक देशमुख बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री