शुक्रबार, १४ वैशाख २०८१

अर्घाखाँची पर्यो अति उत्कृष्ट जिल्लाको सूचीमा

समयपोष्ट २०७७ साउन १६ गते ९:३८

Advertisement

अशोक खनाल

नेपाल सरकार गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच भएको कार्य सम्पादन कार्य प्रगति आ. ब. ०७६/०७७ को मुल्यांकनमा जिल्ला प्रशासन कार्यलय अर्घाखाँची अति उत्कृष्ट सुचिमा परेको छ।

जिल्लाको शान्ति शुरक्षाा, कोभिड -१९ महामारी, बिपद ब्याबस्थापन, शुरक्षाा समितिका नियमित बैठक, सीमा जोडिएका जिल्लाहरुसग शुरक्षाा सम्बन्धि बैठकहरु, जिल्ला स्थित सरकारी कार्यलयको एउटै समयमा अनुगमन, जिल्लाभरिका शुरक्षाा चौकीहरुको निरीक्षण तथा गाउँगाउँमा पुगि जनगुनासो सुन्ने जस्ता महत्त्वपूर्ण बिषयमा गरिएका उल्लेखनीय कार्यहरुको प्रसंशा स्वरुप जिल्ला प्रशासन कार्यलय अर्घाखाँची ए प्लस जस्तो अति उत्कृष्ट जिल्ला भएको छ।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम बिच आ.ब. ०७६/०७७ को बाषिक प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्लाको परिचय, जिल्ला प्रशासन कार्यलयकले ०७६/०७७ मा भएका कार्यहरु, कोभिड -१९ सम्बन्धि कार्य, समस्या, चुनौती र अबसरको बारेमा जानकारी गराउदै जिल्ला अति उत्कृष्ट भएकोमा गृह मन्त्रालय, आफ्नो कार्यलय परिवार, शुरक्षाा प्रमुख, जिल्लास्थित सम्पुर्ण कार्यलय जनप्रतिधी, संचारकर्मी,नागरिक समाज लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री