
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको आरोप लागेका आठजना प्रहरीले सफाइ पाएका छन् ।
कञ्चनपुर जिल्ला अदालतले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित आठ प्रहरीलाई सफाई दिएको कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए ।
निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । १३ बर्षिय बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।









प्रतिक्रिया