शुक्रबार, ७ वैशाख २०८१

सुशान्तका पिताको आरोप : रियागले हना–क्रेडिट कार्ड लिइन्, खाताबाट १५ करोड निकालियो ,यस्ता छन् अन्य आरोप

समयपोष्ट २०७७ साउन १५ गते ११:५८

Advertisement

सुशान्त सिंह राजपूतका पिताले छोराकी प्रेमीका रिया चक्रवर्ति माथि विभिन्न आरोप लगाउँदै एफआईआर दर्ता गराएका छन् ।सुशान्तका पिता के.के सिंहले पटनामा रिया चक्रवर्ती, उनकी आमा, पिता, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गराएका हुन् ।

उनले रियामाथि यस्ता आरोप लगाएका छन् :

– सुशान्तको बैंक खातामा १७ करोड भारु थियो । पछिल्लो १ वर्षमा १५ करोड निकालियो । जुन स्थानमा ती पैसा पठाइएको छ, त्यसमा मेरो छोराको कुनै लेनदेन छैन । मेरो छोराको सबै खातामाथि अनुसन्धान होस् । यी बैंक खाता र क्रेडिट कार्डमार्फत् रियाले आफ्ना परिवार र सहयोगीसँग मिलेर धोकापूर्ण तरिकाले निकालेकी छिन्, त्यसको अनुसन्धान होस् ।
-लकडाउन सुरू हुनुअघि २२ मार्चमा रियाले सुशान्तका विश्वसनीय बडीगार्डलाई कामबाट निकालेकी थिइन्।

-एफआईआरमा रियाले सुशान्तको क्रेडिट कार्डबाट गत वर्ष अत्याधिक किनमेल गरेकी थिइन। यसका अलावा एक विज्ञापनको सुटिङका लागि युरोप जाँदा रियाको हवाइ टिकटदेखिको सबै खर्च सुशान्तले तिरेका थिए।

-यसैगरी रियाले सुशान्तलाई जबरदस्ती औषधिको ‘ओभरडोज’ दिएको र कयौंपटक परिवारसँग भेट्नबाट रोकेको आरोप लगाएका छन्। सुशान्तका बाबुले सुशान्तको उपचारमा संलग्न चिकित्सकमाथि पनि प्रश्न उठाएका छन्। मानसिक स्वास्थ्यको उपचार गर्दा विरामीको सम्पूर्ण जिम्मेवारी र जानकारी विरामीको परिवारमा निहित हुने प्रावधान छ। आरोपमा यसको जानकारी आफू वा आफ्ना परिवारका कुने पनि सदस्यलाई नदिइएको सुशान्तका बाबुले दाबी गरेका छन्।

-सुशान्तका पिताका अनुसार उनका छोरा अर्गानिक खेतीका लागि केरला राज्यको कुर्ग जान चाहन्थे। त्यहाँ उनी आफ्ना मित्र महेश शेट्टीसँग मिलेर अर्गानिक खेतीका लागि जमिन हेर्ने तयारीमा थिए तर रिया सँधै यसको विरोधमा थिइन्। रियाले सुशान्तलाई त्यहाँ जानबाट रोक्न उनको मानसिक स्वास्थ्य सम्बन्धी चिकित्सकीय जाँचका सम्पूर्ण रिपोर्टहरू मिडियामा सार्वजनिक गर्ने धम्की दिएकी थिइन्। यसपछि रिया सुशान्तको घरबाट पैसा, ल्यापटप, गरगहना, क्रेडिट कार्ड र मेडिकल रिपोर्ट लिएर निस्केकी थिइन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री