आइतबार, ६ जेठ २०८१

सुशान्त सिंह आत्महत्या प्रकरणले लियो नयाँ मोड,पक्राउ पर्ने भईन् प्रेमीका रिया चक्रवर्ती

समयपोष्ट २०७७ साउन १४ गते १७:०७

Advertisement

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिला मा प्रेमीका रिया चक्रवर्ती पक्राउ पर्ने सम्भावना बढेको छ । चक्रवर्तीमाथि धोका दिएको र आत्महत्या दुरुत्साहनका लागि एफआइआर दर्ता भएपछि उनी पक्राउ पर्ने सम्भावना बढेको हो ।

सुशान्तका पिता के.के सिंहले पटनामा एफआईआर दर्ता गराएका छन् । उक्त एफआइआर रिया चक्रवर्ती, उनकी आमा सन्ध्या चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र दुई म्यानेजर स्यामयिल मिरान्डा र श्रुती मोदीविरुद्ध दर्ता गरिएको छ ।

मंगलबार राती चर्चित वकिल सतिश माने शिन्देकी जुनियर वकिल आनन्दिनी फर्नान्डिस रियाको घरमा गएकी थिइन् । सतिश माने शिन्दे त्यहि वकिल हुन् जसले सन् १९९३ मा मुम्बई ब्लास्ट केसमा अभिनेता सञ्जय दत्तको मुद्दा लडेका थिए । उनले सलमानका केही केस पनि हेरेका थिए । जानकारीका अनुसार रियाले वकिललाई आफ्नो कन्सेन्ट साइन गरेर दिएकी छिन् । यसपछि अब उनी यो विषयमा कानूनी मद्दत लिन सक्छिन् ।

सुशान्तका पिताले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन् । के.के सिंहले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी समस्या नभएको र रियाको सम्पर्कमा आएपछि अचानक के भयो भनेर प्रश्न सोधेका छन् । उनका अनुसार जो डाक्टरले सुशान्तको उपचार गरेका थिए, यस्तो लाग्छ, उनी पनि रियाको षड्यन्त्रमा समावेश थिए । यो कुराको पनि अनुसन्धान हुनुपर्ने के.के सिंहले माग राखेका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री