आइतबार, ६ जेठ २०८१

सुशान्त आत्महत्या प्रकरणमा महेश भट्टले प्रहरीलाई दिए यस्तो बयान

समयपोष्ट २०७७ साउन १३ गते १७:५७

Advertisement

सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा फिल्म निर्देशक महेश भट्टले बयान दिएका छन् । सोमबार सांताक्रुज प्रहरी स्टेशनमा भट्टले करीब २ घण्टा लगाएर बयान दिएका हुन् ।

उनी दिउँसो १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसँग सोधपुछ भयो । यसमा महेश भट्टको नाम त्यतिबेला जोडियो जब उनको क्याम्पमा काम गरिसकेकी लेखिका सुहृता दासले सुशान्तको मृत्यु भएकै दिन महेशले भनेपछि नै रिया सुशान्तसँग टाढा भएको खुलासा गरेकी थिइन् । मिडियामा यो खबर आएपछि प्रहरीमाथि महेश भट्टसँग सोधपुछ गर्न दबाब सुरु भएको थियो ।

भट्टले प्रहरीलाई दिए यस्तो बयानः

महेश भट्टले प्रहरीलाई सुशान्तलाई कहिले पनि सडक टु मा मुख्य भूमिका अफर नगरेको बताएका छन् । उनले सुशान्तलाई दुईपटक मात्र भेटेको बताएका छन् । एकपटक सन् २०१८ मा सुशान्त उनलाई आफै भेट् पुगेको र अर्को सन् २०२० को फेब्रुअरीमा सुशान्त बिरामी हुँदा उनको बान्द्रास्थित घरमा भट्को भेटघाट भएको बताएका छन् ।

Advertisement

त्यतिबेला यी दुईबीच सुशान्तको युट्युब च्यानल र भट्टले लेखेको किताब र अन्य साहित्यिक कुराकानी भएको थियो । आफूहरु बीच कहिले पनि व्यावसायिक र फिल्मसँग जोडिएको केही पनि चर्चा नभएको उनले बताएका छन् ।

महेश भट्टका अनुसार उनी कहिले पनि सुशान्तलाई लिएर कहिले पनि फिल्म बनाउने तयारीमा थिएनन् । सुशान्तले आफू महेश भट्टसँग काम गर्न इच्छुक भएको र सानोभन्दा सानो भूमिका पाएको खण्डमा पनि आफू गर्न तयार भएको बताएका थिए ।

अगस्ट सन् २०१८ मा सुशान्तले एउटा ट्वीट गरेका थिए जसमा उनले महेश भट्टको निकै तारिफ गरेका थिए । सन् २०१८ मा महेशले एउटा किताब लेखेका थिए र त्यसबाट सुशान्त निकै प्रभावित भएका थिए र ट्वीटमा उनले भट्टको तारिफ गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

जब महेश भट्टलाई सुशान्तको आत्महत्या अघि उनको दिमागी स्थितीबारे आँकलन गरिएको बारे सोधपुछ गरियो तब उनले भने, ‘जब मैले सुशान्तलाई दोस्रो पटक भेटेको थिएँ तब त्यो भेट सुशान्तको घरको टेरेसमा भएको थियो, यसमा सुशान्त–रिया र महेशका केही आफन्त थिए ।’

महेशले बताएका थिए, ‘मेरो सुशान्तसँग करिब डेढ घण्टा जति कुराकानी भएको थियो । त्यतिबेला मलाई सुशान्तको दिमागी अवस्था ‘कन्फ्युज्ड’ जस्तो लागेको थियो, जुन आफैंले अल्झिएको थियो र मैले सुशान्तलाई सम्हाल्न भनेको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री