आइतबार, ६ जेठ २०८१

टिकटकमा पोष्ट गरिएको भिडियोले यी पाँच महिलालाई पुर्यायो जेल

समयपोष्ट २०७७ साउन १३ गते १४:४८

Advertisement

टिकटकमा पोष्ट गरिएको भिडियोका कारण इजिप्टमा पाँच जना प्रभावशाली महिलाहरुलाई २ वर्षको जेल सजाय सुनाएको छ ।

इजिप्टको एक अदालतले सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको हो । अदालतले हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई २ वर्षको जेल सजाय सुनाएको हो ।

यस्तै ती महिलाहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ । यो निर्णयविरुद्ध अपिल भने गर्न पाइनेछ । कायरो विश्वविद्यालयका वर्षीया होसाममाथि भिडियो एपमार्फत युवतीहरुलाई पुरुषसँग भेट्न र मित्रता गर्न प्रोत्साहित गरेको र यसका लागि उनले रकमसमेत प्राप्त गरेको आरोप लगाइएको छ । युवतीहरुलाई आफूसँग काम गरेर पैसा कमाउन सकिने ३ मिनेट लामो भिडियो क्लिप पोष्ट गरेपछि १३ लाख फलोअर्स भएकी होसामलाई गत अप्रिलमा पक्राउ गरिएको थियो ।

Advertisement

त्यस्तै, २० लाख फलोअर्स भएकी अधाममाथि सामाजिक सञ्जलमा आपत्तिजनक फोटो र तस्विर गरेको आरोप लगाइएको छ । उनको वकिलले सजायबारे पुष्टि गर्दै आफूहरु यसविरुद्ध अपिल गर्ने बताए । गत मे महिनामा अधामले टिकटक र इन्सटाग्राममा व्यंगात्मक भिडियो पोष्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री