आइतबार, ६ जेठ २०८१

हेर्नुहोस् सर्वाधिक सुन्दरी बेला हदिदको ‘अन्डरवाटर फोटोसुट’

समयपोष्ट २०७७ साउन १२ गते १५:०३

Advertisement

अमेरिकी मोडल बेला हदिदले सामाजिक सञ्जालमा आफ्नो अण्डर वाटर फोटोसुट सार्वजनिक गरेकी छिन् ।

२३ वर्षीया इन्स्टाग्राममा हदिदले क्याल्भिन क्लाइनको स्विमवेयर देखाउँदै अन्डरवाटर फोटोसुटका केही तस्बिर सार्वजनिक गरेकी हुन् ।
हदिद हदिद केही महिनाअघि संसारकै सर्वाधिक सुन्दर महिलामा पर्न सफल अमेरिकी सुपर मोडल हुन् । गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै हदिद सर्वाधिक सुन्दर महिलाको सूचीको अग्रपंक्तिमा अटाएकी थिईन् ।

Advertisement

सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रिकको ब्युटी फी नामक एक संयक्तमार्फत् चेकजाँच गर्ने गरिन्छ ।

सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त– लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गर्ने गरिन्छ । बेलाको अनुहार सर्वाधिक म्याच भएको हो । जसमा अनुहारको आकारका लागि ९४ दशमलब ५ प्रतिशत, आँखा ९७ दशमलब ६५, ओठका लागि ९४ दशमलब एक प्रतिशत म्याच भएको थियो भने चिउँडोले सर्वाधिक ९९ दशमलब सात प्रतिशत अंक पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री