नाङ्गो तारले छोएको ट्रकलाई छुँदा ट्याक्सी चालक चट्

करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ ।

Advertisement

बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आज ज्यान गएको हो । सुनुवार मे १ ज ३०११ नम्बरका ट्याक्सी चालक हुन् ।

दोभान–बहानन्दे सडकखण्डमा दोभान बजारबाट सदरमुकाम फुङलिङतर्फ आइरहेको मे १ ख १८६५ नम्बरको ट्रकलाई बिजुलीको नाङ्गो तारले छुँदा करेन्ट लागेको थियो । करेन्ट लाग्नासाथ ट्रकका चालक पाँचथरको भारपाका ३५ वर्षीय अमृत श्रेष्ठ गम्भीर घाइते भएको कार्यालय ताप्लेजुङ प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री