आइतबार, ६ जेठ २०८१

१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरूद्ध भुवनले अदालतमा दायर गरे मुद्दा

समयपोष्ट २०७७ साउन ९ गते १७:४२

Advertisement

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेका हुन् ।

केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्।

निवेदनमा विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको बताईएको छ । केही समयअघि अभिनेत्री शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री