शुक्रबार, ७ वैशाख २०८१

सार्वजनिक सवारी चलाउन ब्यवसायी तयार, बिहीबारबाट यसरी गुड्ने छन् गाडी

समयपोष्ट २०७७ साउन ५ गते १८:३०

Advertisement

यातायात व्यवसायी सार्वजनिक सवारीसाधन सञ्चालन गर्न तयार भएका छन्।

आफ्ना सम्पुर्ण माग पुरा हुने भएपछि यातायात ब्यवसायी आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न तयार भएका हुुन् ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता आज सहमतिमा पुगेको हो।

यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ।

कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ।यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ।

सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री