आइतबार, ६ जेठ २०८१

शाहरुख विवाहित हुन् भन्ने थाहा पाएपछि बेस्सरी रोएकी थिईन् फातिमा

समयपोष्ट २०७७ साउन ५ गते १२:४२

Advertisement

निर्देशक नितेश तिवारीको फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी बलिउड नायिका फातिमा सना शेखले शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि बेस्सरी रोएको बताएकी छिन् ।

फिल्मफेयरलाई दिएको अन्तरवार्तामा फातिमा सना शेखले फिल्म ‘वन टु का फोर’ को सुटिङबारे कुरा गर्दै भनिन्, ‘शाहरुख खानलाई थाहै थिएन कि पाँच वर्षकी बच्ची उनीसँग कति प्रेम गर्छिन् । जब मलाई उनी विवाहित हुन् भन्ने थाहा भयो तब मेरो मन असाध्यै टुटेको थियो र म बेस्सरी रोएकी थिएँ । मेरो लागि यो एउटा ब्रेकअपजस्तो थियो ।’

नायिका शेखले सन् २००१ मा रिलिज भएको फिल्म ‘वन टु का फोर’ मा शाहरुख खानसँग काम गरेकी थिइन् । यसअघि उनले ‘चाची ४२०’, ‘वन टु का फोर’ जस्ता फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । यसबाहेक उनी निर्देशक विजय कृष्ण आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री