आइतबार, ६ जेठ २०८१

कोरोना लागेपछि जोन सिनाले सेयर गरे ऐश्वर्याको यस्तो तस्विर

समयपोष्ट २०७७ साउन ५ गते १२:३१

Advertisement

अमेरिकी रेस्लर जोन सिनाले बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्विर आफ्नो इन्ष्टाग्राममा सेयर गरेका छन् । बलिउडप्रति निकै झुकाव राख्ने उनले तस्विरमा क्याप्सन भने राखेका छैनन् । जया बच्चन बाहेक बच्चन परिवारमा सबैलाई कोरोना सक्रमण पुष्टि भएको छ । ऐश्वर्या पनि कोरोना संक्रमित भई अस्पताल भर्ना भएपछि जोनले उनको तस्विर सेयर गरेका हुन् ।

 

Advertisement

 

 

जोन सिनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता उनीहरुको पनि तस्बिर शेयर गरेका थिए ।

साथै सुशान्त सिंह राजपुत, ऋषि कपुर, इरफान खानको निधनमा पनि जोन सेनाले उनीहरुको तस्बिर शेयर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री