आइतबार, ६ जेठ २०८१

जोशीको दोस्रो विवाह पनि टुट्यो, अलग्गिए उषा र सुधाम्शु

समयपोष्ट २०७७ साउन ४ गते १४:४३

Advertisement

नायिका उषा पौडेल र नायक सुधांशु जोशीको वैवाहिक सम्बन्धमा पुर्णविराह्रम लागेको छ ।

करीव तीन बर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अमेरिकामा बसोबास गर्दै आएका छन् ।

यी दुई करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । ६ महिनादेखि सुधांशु भर्जिनियामा बस्दै आएका छन् भने उषा बाल्टिमोरमा बस्दै आएकी छिन् । भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुबीच कलह सुरु भएको स्रोतले बताएको छ ।

Advertisement

सुधाम्शु र उषाले पारिवारिक सहमतीमै प्रेम विवाह गरेका थिए । पहिलो पत्निसँग सम्बन्ध विच्छेद गरेर बसेका सुधाम्शु जोशीले नायिका उषासँग दोस्रो विवाह गरेका थिए । तर उषाको भने पहिलो विवाह हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री